मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । झण्डै एक बर्ष कपिलवस्तुको प्रमुख जिल्लाको रुपमा रहनुभएका अर्जुन कुमार पोख्रेलको सरुवा भएको हो । अब कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीको रुपमा हाल गोरखा रहनुभएका गजेन्द्र बहादुर श्रेष्ठ आउनुहुने भएको छ । पोख्रेल भने रुपन्देही हुनेछ । रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको रुपमा रहनुभएका उदय बहादुर रानाको काभ्रेपलाञ्चोकमा सरुवा भएको छ ।
गृह मन्त्रालयले पोख्रेल र राना सहित २६ जना सह सचिव र उप सचिवको एकै पटक सरुवा गरेको हो । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।
सरुवा सूचीमा नुवाकोटका प्रजिअ उद्धवबहादुर थापा र नवलपरासी सुस्तापूर्वका प्रजिअ दीपकराज नेपाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
सर्लाहीका प्रजिअ द्रोण पोखरेललाई नुवाकोट र उदयपुरका प्रजिअ विष्णुकुमार कार्कीलाई नवलपरासीको सुस्तापूर्व तथा गृह मन्त्रालयका शम्भुप्रसाद मरासिनीलाई नवलपरासीको सुस्तापश्चिम पठाइएको मन्त्रालयले जनाएको छ ।
यस्तै गोरखाका प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठ कपिलवस्तु र नवलपरासी सुस्तापश्चिमका प्रजिअ देवेन्द्र लामिछाने गोरखा सरुवा हुनुभएको छ । सिरहाका रुद्रप्रसाद पण्डितलाई तनहुँ, नुवाकोटका प्रजिअ गोपालकुमार अधिकारीलाई सिरहा, काभ्रेका प्रजिअ कृष्णबहादुर राउतलाई सर्लाही खटाइएको छ ।
यस्तै नुवाकोटका सहायक प्रजिअ गोपालकुमार अधिकारीलाई सिरहाको कामु प्रजिअमा सरुवा गरिएको छ । डोटीका सहायक प्रजिअ टेकनारायण पौडेललाई डोटीकै कामु प्रजिअमा पदस्थापन गरिएको छ । उदयपुरका प्रजिअ विष्णुकुमार कार्कीलाई नवलपरासी बर्दघाट सुस्तापूर्वको कामु प्रजिअमा, अध्यागमन विभागका निर्देशक जनार्दन गौतमलाई सिन्धुलीको कामु प्रजिअ, सुनसरीका सहायक प्रजिअ ध्रुवबहादुर खड्कालाई उदयपुरको कामु प्रजिअमा सरुवा गरिएको छ ।
नवलपरासी सुस्तापश्चिमका सहायक प्रजिअलाई रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारी, रुकुमपश्चिमका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई रुपन्देहीको सहायक प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ कल्पना घिमिरे नेपाललाई पर्वतको प्रजिअमा सरुवा गरिएको छ ।
यसैगरी पर्वतका प्रजिअ गुरुदत्त ढकाललाई कास्कीको सहायक प्रजिअ, रोल्पाका प्रजिअलाई गङ्गाबहादुर एमसीलाई दाङको सहायक प्रजिअ र सिन्धुलीका प्रजिअ ज्ञानप्रसाद ढकाललाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
२१ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया