मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका लवनीले सुनौला हजार दिन भित्रका पोषण सम्वन्धि नियमहरु पुरा गरेका उत्कृष्ट १० महिलाहरुलाई पोषणजन्य साम्रगी विरण गरेको छ । गाउँपालिकामा आयोजित कार्यक्रममा सुनौला हजार दिन भित्र ४ पटक गर्भ परिक्षण गराउने, स्वास्थ्य संस्थामा बच्चा जन्माउने, खानेपानी तथा सरसफाईको अवस्था रामोसंग पालना गरेको महिलाहरुलदाई सम्मान स्वरुप पोषणजन्य साम्रगी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले बताए ।
सो अवसरमा फिल्टर, साबुन, सर्फ, ब्रस, वाल्टि, मग, अण्डा, क्याल्सिय औषधी, तेल लगायतको सेट बनाई वितरण गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष सुधादेवी पाण्डेयले महिला दिदिबहिनीहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन र स्वास्थ्य पुर्ण सिप सिक्नको लागी साम्रगीले टेवा पुग्ने बताइन् ।
वितरण गरिएको साम्रगीले अन्य महिलाहरुलाई पोषणजन्य तथा स्वास्थ्य जन्य व्यवाहार अपनाउन ज्ञान मिल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोखरेलले बताए । साथै महिलाहरुले पाएको साम्रगी प्रयोग गरी स्वस्थपुर्ण जिवनयापन अपनाउन पर्नेमा जोड दिए ।
सो अवसरमा जिल्ला पोषण अधिकृत इश्वरी प्रसाद न्यौपाने, वडा नं १ का अध्यक्ष तिलकराम यादव, लगायते स्वास्थ्य पुर्ण वानी व्यवाहारको चर्चा गरेका थिए ।
साम्रगीले आफ्नो दैनिक जिवनमा सहयोग मिल्ने र आफुहरु सधै पुर्ण सरसफाई र पोषणको ज्ञान अनुसार वानि व्यवहार अगाल्ने सुनौलो हजार दिनकी महिला सुनीता कुर्मीले बताइन् । कार्यक्रम पोषण फोकल पर्सन नेत्र प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
२१ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया