मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले किसान समुह तथा फर्महरुलाई २२ बोका वितरण गरेको छ । ५० प्रतिशत बोयर जातको बाख्रामा हुनुपर्ने गुण भएको बोका खरिद गरी पशु सेवा शाखावाट वितरण गरिएको छ । जिल्लाको उत्तरी तथा चरन क्षेत्रमा उन्नत रुपले बाख्रापालन गरेका किसानहरुको लागि नश्ल सुधार गरि थप उत्पादन बढाउन बोका वितरण गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।
नगरपालिकाले किसानहरुको लागि सूचना प्रकाशित गरी मागमा आधारित निवेदनको आधारमा २२ जना किसानहरुलाई बोका वितरण गरिएको श्रेष्ठले बताए । सो अवसरमा नगर उप प्रमुख मिरा थारुले अनुदानमा प्राप्त बोकाले आयआर्जन बढाउने र त्यसको राम्रोसंग पालन पोषण गर्नु पर्ने बताइन । १० लाखको योजनामा सूचना प्रकाशन र टेण्डरको आधारमा किसानहरुको आयस्तर बुद्धि गर्नको लागि बोका वितरण कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए ।
बोकाको हेरचाह र रोग बारेमा किसानहरुलाई थप तालिम दिइने पशु विकास अधिकृत लक्ष्मण लाल श्रीवास्तवले बताए । बोका पाएपछि आफ्नो घरका बाख्रा तथा समुदायका अन्य किसानहरुको लागि नश्ल सुधार र उत्पादनमा सहयोग मिलेको बुद्धभूमि १ की मिना केसीले बताइन् ।
त्यस्तै वडा नं. ९ का किसान चुरामणि पोख्रेलले १ सय बढि बाख्रा पाल्दै आएकोमा नयां प्राप्त वोयर जातको बाख्रावाट नश्ल सुधार भई उत्पादन हुनेमा आशावादी रहेको बताए । सो अवसरमा वडा अध्यक्ष पवन कुमार थारु, साना किसान कृषि सहकारी बुड्ढीका अध्यक्ष पदम खनाल, पशु शाखाका खिमबहादुर टण्डन, भोजराज पाण्डेय लगायतले बोलेका थिए ।
२१ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया