८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विश्वकप क्रिकेटः पाकिस्तानद्धारा इङल्याण्डसामु ३४९ रनको लक्ष्य, इल्याण्ड दबाबमा



एजेन्सी,
१२ औँ एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई ३४९ रनको लक्ष्य दिएको छ। पाकिस्तानले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन जोड्यो। पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध एक सय ५ रनमा समेटिएको पाकिस्तानले शानदार कमब्याक गरेको हो। इङ्ल्यान्डविरुद्ध पाकिस्तानका तीन जना ब्याट्सम्यानले अर्धसतक बनाए। मोहम्मद हाफिज सतक बनाउनबाट १६ रनले चुके।
बाबर आजमले ६३ रन बनाए। कप्तान तथा विकेटकिपर सरफराज अहमदले ५५ रन बनाए। ओपनरद्धय इमाम उल हकले ४४ र फाखर जमानले ३६ रन जोडे। पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको पाकिस्तान कुनै पनि समय दबाबमा देखिएन।
उसले तेस्रो विकेटका लागि ८८ र चौथो विकेटका लागि ८० रनको साझेदारी र्गयो। चौथो विकेटका रुपमा मार्क उडको बलमा क्याच आउट हुनुअघि हाफिजले ६२ बलमा दुई छक्का र ८ चौका प्रहार गरे।एकदिवशीय अन्तर्रा्ष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वा्धिक रन बनेको मैदानमा पाकिस्तान र इङ्ल्यान्ड भिडिरहेका छन्। एकदिवशीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा यसअघि कुनैपनि टोलीले यति धेरै रन बनाएका थिएनन् र छैनन् । जवाफी ब्याटिङमा इङल्याण्डले मध्ययम प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  १० : १७ बजे