८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

६ नं. वडाबासी भन्छन्, ट्याक्टर ‘हेलिकप्टर’ जस्तै कुदे, कारबाही हुँदैन् ?



मायादेवी अनलाइन कोपवा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ का वडाबासीले ट्याक्टरको कारण दिनरात तनाव खेप्न बाध्य भएको गुनासो गरेका छन् । नदीजन्य पदार्थको ठेक्का खुलेदेखि ट्याक्टरकै कारण आफुहरु दिनरात चिन्तामा हुने गरेको वडाबासीले गुनासो गरे । ट्याक्टरको दादागिरी मच्चिरहदा यसको व्यवस्थापनमा सम्बन्धित पक्ष किन मौन भन्दै वडाबासीले प्रश्न गरेका छन् ।
वडा नं. ६ को आयोजना तथा मायादेवी मिडिया गु्रपको प्राविधिक सहयोगमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाबासीले ट्याक्टर र टिप्पर संचालनको कुनै समय नभएको विषय जोडदारले उठाएका हुन् । ट्याक्टर चालकले लापर्रबाही तरिकाले ट्याक्टर चलाउदा ज्यानको खतरा बढेको चेतनारायण खनालले बताउनुभयो । विगतका दिनमा ट्याक्टरकै कारण ठूला ठूला दुर्घटनामा भएको प्रसंग उठाउँदै यस विषयमा गम्भिर हुन वडा कार्यालय र प्रहरीसामु खनालले ध्यानाकर्षण गराउनुभयो ।
धैरे ट्याक्टर चालकको लाइसेन्स नभएको र उमेर नपुगेकाले ट्याक्टर चलाउँदै आउदा प्रहरी रमिते बनेको राम प्रसाद न्यौपानेले दाबी गर्नुभयो । ट्याक्टर चालकले हेलिकप्टर जस्तै गाडी कुदाउँछन उहाँले भन्नुभयो, पटक पटक सचेत गराउँदा पनि टेरेनन हाम्रो समस्या कस्ले बुझने ?
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाबासीले लागु औषधको विषयलाई पनि जोडतोडले उठाएका छन् । साना बच्चा नै लागुऔषधको कुलतमा फस्दै आएको भन्दै यसमा प्रहरी प्रशासनले निगरानी गर्नुपर्नेमा वडाबासीले जोड दिए । लागुऔषध सेवनकर्ताबाट चेलीबेटीलाई असुरक्षित रहेको भन्दै यसतर्फ सचेत हुन प्रहरी प्रशासनले चासो राख्नुपर्ने वडाबासीले बताएका छन् । वडा नम्बर ६ मा लागु औषध सेवन र ओसारपोसारको ट्रान्जिट प्वाइन्ट बन्दै गएपछि युवा विद्यार्थीहरु कुलतमा फसेको अन्जित खनालले बताए । लागु औषधका कारण गाउँघरमा महिला हिंसाका घटनाहरु बढिरहेको समेत बताइएको थियो ।
यस्तै कार्यक्रममा शान्ति सुरक्षा, विकास निर्माण, खानेपानी, विद्युत, कृषि क्षेत्रमा विषयलाई सहभागीले जोडतोडले कुरा उठाएका थिए । कार्यक्रममा कृषि विउ पलमा नगरपालिकाबाट किसानहरु ठगिएको वडावासी झगरु प्रसाद थारुले बताउनुभयो ।
सेवाग्राहीको गुनासो र समस्यालाई सम्वोधन गर्दै वडा अध्यक्ष शुकदेव थारुले यसवर्ष सवै वर्ग र क्षेत्रलाई बजेट छुट्याएर आफुले विकास निर्माणलाई गति दिएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, कृषि, पशुपालन तर्फ वडाले प्राथमिकता दिदै ठुला योजनाका लागि नगरपालिका, प्रदेश र संघीय सरकारसंग विभिन्न योजनाहरु माग गरेको बताउनुभयो । वडा अध्यक्ष थारुले वडा कार्यालयको भवनका लागि १ करोड २० लाख बहुवर्षीय योजनामा रकम विनियोजन भएको जानकारी दिनुभयो ।
उहाँले यसवर्षका अधिकांश योजना सम्पन्न हुने तयारी रहेको बताउदै वडाको पूर्वाधार विकास संगसंगै महिलाका लागि सिपमुलक तालिम, कृषि, सिंचाइ, पशुपालनमा उल्लेख्य काम भएको जानकारी दिनुभयो । उहाँले विद्युतको समस्यालाई पटक पटक ताकेता गर्दा आउदो साताभित्र ट्रान्सफरमर जडान हुने बताउनुभयो ।

Image may contain: 14 people, including Shrijana Adhikari, people sitting

Image may contain: 10 people, including Sandeep Sarma, people sittingImage may contain: 4 people, including Deepak Anuragee, people standing and people sittingImage may contain: 6 people, people sitting

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  ७ : ४१ बजे