८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गैडहवाकी निशाको हत्या आफ्नै प्रेमीबाट, २ जना पक्राउ



भैरहवा ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा न.१ साँडिको भुझौलीकी १८ वर्षिय सवनाम निशाको आफनै प्रेमी तथा छिमेकी असरुद्धिन मुसलमानले हत्या गरेको पुष्टि भएको छ ।
गत बैशाखमा मृत अवस्थामा भेटिएकी निशालाई मुलमानले अन्य दुई जनाको सहयोगमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी निशाको हत्या गर्ने मुसलमान र सहयोगी अस्लाम मुसलमानलाई सार्बजनिक गरेको हो । हत्यामा संलग्न अर्का एक व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
हत्याका मुख्य अभियुक्त मुसलमानलाई नेपाल भारतको सीमावर्ती क्षेत्रमा लुकी बसेको अवस्थामा पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृृदय थापाले जानकारी दिनुभयो ।
निशालाई गत बैशाख ३० गतेराति मुसलमानले आफैले बोलाई हत्या गरी खेतको सुख्खा कुलोमा फालेका थिए । पत्रकार सम्मेलनमा अभियुक्त दुबै जनाले हत्या गरेको स्विकार गरेका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  ४ : ४६ बजे