८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मिडिया काउन्सिल विधेयक फिर्ता लिन प्रेस स्वतन्त्र सेनानीहरुको माग



काठमाण्डौ ।
संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न चौतर्फी माग बढिरहेको छ । प्रेस स्वतन्त्र सेनानीहरुले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन विधेयक फिर्ता लिएर छलफलपछि मात्रै प्रक्रियामा लैजान माग गरेका छन् ।
स्वतन्त्र सेनानीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र न्यायिक स्वतन्त्रताको आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएका छन् ।
सरकारले संसदमा दर्ता गरेको विधेयक नेपालको संविधान, लोकतान्त्रिक मूल्य र मान्यता एवं, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको भन्दै उनीहरुले विधेयक फिर्ता लिनुको विकल्प नभएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  ३ : ५९ बजे