काठमाडौं ।
खेतबारीको मकैमा रसायनिक मल हाल्न नपाएको भन्दै धादिङका कृषक आन्दोलित भएका छन् । सहुलियतको मल लिन जिल्ला सदरमुकाम पुगेका कृषकहरुले मल नपाएपछि रित्तो बोरा लिएर जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
निलकण्ठ नगरपालिका कृषि सहकारीले अनुदानमा मल वितरण गर्ने जानकारी पाएपछि बिहान ३ बजेदेखि करिब ६ सय कृषकहरु सहकारीमा लाइन लागेका थिए । तर, सहकारीमा जम्मा १८० बोरा मात्रै मल भएपछि वितरण गर्न नसकिने जानकारी सहकारीले गराएको स्थानीय कृषक भक्तबहादुर श्रेष्ठले बताए ।रातिदेखि लाइन लागेर पनि मल नपाएपछि आक्रोशित बनेका कृषकहरु सहकारीबाट प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
खाली बोरा टाउकोमा बाँधेर प्रर्दशनमा उत्रिएका कृृषकले तत्काल मल उपलब्ध गराउन प्रमुख जिल्ला अखधिकारीसमक्ष माग गरेका थिए ।कृषिप्रधान मुलुकमा मल नपाएर मकै घोगा नलाग्ने अवस्थामा पुगेको भन्दै आक्रोशित भीडले कृषिमन्त्रीको राजीनामासमेत मागेको थियो ।
२० जेष्ठ २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया