८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बस रोकेर लुटपाट गर्ने समूहका सातजना पक्राउ



वीरगञ्ज ।
गएको शुक्रबार बाराको पथलैया निजगढ सडकखण्डमा काठमाडौँ जाँदै गरेको एक यात्रुबाहक बसमा लुटपाट गर्ने गिरोहलाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले शुक्रबार बिहानै यात्रुबाहक बसलाई रोकेर लुटपाट गर्ने सातजनालाई प्रहरीले पक्राउ गरेको हो । लुटपाटमा संलग्न रहेका रौतहटको गुजरामाई नगरपालिका–२ का ज्ञानबहादुर थिङ, सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का दिलकुमार दोङ्ग, सोही नगरको वडा नम्बर ८ का विजय लामा, सिन्धुलीको हरिहरपुर गाउँपालिका ७ का टाइगर भनिने सुनिल तामाङ, सिन्धुलीकै मरीन गाउँपालिका ५ घर भई हाल निजगढ नगरपालिका ११ बस्दै आएका संघर्ष थिङ, महोत्तरीको बगडा नगरपालिका ५ घर भई बर्दिबास नगरपालिका २१ का रमेश कुमार यादव र काभ्रेको महाभारत गाउँपालिका २ का विशाल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

संघर्ष थिङलाई प्रहरीले शुक्रबार नै पक्राउ गरिसकेको थियो । उनीहरु सातैजनाले पथलैया–निजगढ सडकखण्ड अन्तर्गत गढीमाई जानेबाटो नजिकै काठमाडौँ जादै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसलाई रोकेर बसका सहयोगी सञ्जय कुमार उपाध्यायसँग रहेको ४५ हजार नगद र एक थान मोबाईल लुटि लगेका थिए ।

लुटेराहरुले बा ७ च ४८७६ नम्बरको रातो स्कारपीओ गाडी, ज १२ प ४६८० र बा ८६ प ९७७१ नम्बरको मोटरसाईकल प्रयोग गरेका थिए । आफुलाई सिआईबी टोली भन्दै लुटेराहरुले यात्रुबाहक बसलाई रोकेर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  २ : ४४ बजे