एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले सुखद सुरुवात गरेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै बंगलादेशले जितसँगै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
यता दक्षिण अफ्रिका भने लगातार दोस्रो पटक पराजित भएको छ । पहिलो खेलमा आयोजक इग्ल्याण्डसँग पराजित भएको दक्षिण अफ्रिका आइतबार बंगलादेशसँग पराजित भएको हो । दी ओभलमा भएको खेलमा बंगलादेशले दिएको ३ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९ रन तयार पार्यो ।
बम बम बम
दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ५ चौका र १ छक्काको सहयोगमा ६२ रन बनाए । एडेम मार्करमले र जेपी डुमिनिले समान ४५–४५, रस्सी भान डर डुसन ४१, डेविड मिलर ३८, क्विन्टन डि कक्का २३ र क्रिस मोरिसले १० रनको योगदान गरे ।
त्यस्तै बलिङतर्फ बंगलादेशका लागि मुश्फिकर रहिमले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मोहमम्द शैफुदिनले दुई विकेट लिँदा मेहिदी हसन र साकिब अल हसनले समान एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनायो ।
बंगलादेशका लागि मुस्ताफिकुर रहमानले अर्धशतक र साकिब अल हसनले अर्धशतकीय पारी खेले । ८० बल खेलेका मुस्ताफिकुरले ८ चौकाको सहयोगमा ७८ रन पूरा गरे ।
त्यस्तै ८४ बल खेलेका साकिबले ८ चौका र १ छक्काको सहयोगमा ७५ रन बनाए ।
साकिबको एकदिवसीय क्रिकेटमा ४३ औँ अर्धशतक हो भने मुस्ताफिकुरको यो ३४ औँ अर्धशतक हो । बंगलादेशको विशाल लक्ष्य बनाउन महमदुल्लाहले ४६ रन जोड्दा सौम्य सरकार ४२, मोसद्देक हुसैन २६, मोहमद मिथुन २१ र तामिम इकबालले १६ रन जोडे । बलिङतर्फ दक्षिण अफ्रिकाका लागि इमरान ताहिर, क्रिस मोरिस र एण्डिले फेह्लुक्वायाले समान दुई–दुई विकेट लिए ।
प्रतिक्रिया