८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लुम्बिनी लर्निङ सेन्टरमा लोक सेवा आयोग तयारी कक्षा सुरु



मायादेवी अनलाइन, कपिलवस्तु ।
लुम्बिनी लर्निङ सेन्टर प्रालिले आइतबारबाट लोक सेवा आयोग तयारी कक्षा सुरु गरेको छ । कोरियन भाषा परीक्षा, ट्यूसन लगायतका कक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको सेन्टरले यस बर्षबाट लोक सेवा आयोगका तयारी कक्षा पनि सुरु गरेको प्रबन्धक असिम क्षेत्रीले जानकारी दिनुभयो । यस क्षेत्रमा लोक सेवा आयोगका तयारी कक्षाहरु संचालन गर्ने राम्रो संस्थाहरु नहुँदा विद्यार्थीको मागलाई मध्यनजर गरी कक्षाहरु सुरु गरिएको उहाको भनाई छ ।

स्थानीय तहका लागि लोक सेवा आयोगले विज्ञापन गरेका शाखा अधिकृत, नायव सुब्बा र खरिदारका कक्षाहरुमा बुटवल तथा काठमाण्डौँ विशेषज्ञले परामर्श दिने प्रबन्ध निर्देशक असिम क्षेत्रीले जानकारी दिनुभयो ।

जसमा स्थानीय तह बिशेष कक्षा अन्तर्गत शाखा अधिकृत तह ६, नायब शुब्बा तह ५, खरिदार तह ६, निरिक्षक तह ४ र ५ संगै स्वास्थ्य सेवाका पदहरुमा कक्षा सञ्चालन हुने छन् । क्षेत्रीका अनुसार कक्षामा बस्तुगतमा दैनिक नमुना परीक्षा, विषयगत साप्ताहिक नमुना परीक्षा समेत गराईने छ भने परीक्षामा उत्कृष्ट हुनेलाइ विशेष पुरस्कार प्रदान गरिने छ । कक्षामा बिभिन्न प्याकेजहरु राखिएकाले समयमै सम्पर्क गर्न पनि सेन्टरले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ६ : ४५ बजे