१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बुटवलमा संचालित १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सकियो



कपिलवस्तु ।
बुटवलमा सुरु भएको १० दिने मोडुल प्रशिक्षक प्रशिक्षण तालिमको आज समापन गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु तथा स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा सञ्चालित दिगो तथा मर्यादित सामाजिक आर्थिक शशक्तिकरण सिड्स कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले सबैजना सकारात्मक विभेद लिएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले प्रदेश ५ लाई नमूना प्रदेश बनाउनको लागि सबै एकजुट हुनूपर्नेमा जोड दिनुभयो ।


१० दिन सम्म संचालन भएको तालिममा प्रशिक्षकद्धोय विनोद केवट र इन्द्र परियारले गर्नुभएको थियो । कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यको अध्यक्षता, सिड्स कार्यक्रमका कार्यक्रम संयोजक आरटी खाणको स्वागत मन्तब्य, र सिड्स कार्यक्रम अधिकृत गीता अर्यालको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा सिड्स कार्यक्रमका प्राविधिक सल्लाहकार प्रकाश घिमिरेले तालिमको उद्देश्यमाथि प्रकास पार्नुभएको थियो । तालिममा ६० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ११ : ३७ बजे