८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मानव अधिकार तथा शान्ती समाजको स्रहानिय काम, दृष्टिविहिन विद्यार्थीलाई सेतो छडी !



मायादेवी अनलाइन, बुद्धभूमी ।
मानव अधिकार तथा शान्ती समाज शाखा कपिलवस्तुले ९ जना दृष्टिविहिन विद्यार्थीहरुलाईसेतो छडी गरेको छ । गणतन्त्र दिवसको अवसरमा आयोजित दृष्टीबिहिन बालबालिकाको लागि सम्मान कार्यक्रममा समाजले सिद्धार्थ स्मारक भेलाइमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई सेतो छडी वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख केशव कुमार श्रेष्ठले मानव अधिकार तथा शान्ती समाजले गरेको कार्य स्रहानिय भएको बताउनुभयो । मेयर श्रेष्ठले दृष्टीबिहिन बालबालिको मनोवल बृद्धी गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने भन्दै यस प्रकारको कार्यक्रम गर्ने संस्थालाइ आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नगर शिक्षा प्रमुख लिल बहादुर राउतले असहाय बालबालिकाको सहयोगार्थ आयोजना गरिएको यस कार्यक्रम अनुकरणिय भएको बताउनुभयो । उहाले आफुले पनि यस किसिका कार्य गर्ने संस्थालाई सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रम मानव अधिकार तथा शान्ती समाज कपिलवस्तु शाखा अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता, संस्थाका उपाध्यक्ष मुकेश कुमार शर्माको स्वागत मन्तब्य, सचिव भरतराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा बुद्धभूमी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत, वडा सदस्यहरु कमला चौधरी, राम प्रसाद बेल्वासे, तारा परियार, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टुमकला बेल्वासे, प्रअ डिलाराम पौडेल, समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनी लगाएतले बोल्नु भएको थियो । दृष्टीबिहिन बालबालिकाको सम्मानको लागि आयोजना गरिएको कार्यक्रममा दृष्टिविहिन बालबालिका लाई सेतो छडी, टिसर्ट र भोजन गराइएको थियो । कार्यक्रममा १सय २० भन्दा बढिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६ बुधबार ००:००  २ : ५१ बजे