८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपाल आर्दशमा अध्यनरत छात्राहरुलाई आत्मरक्षा तालिम !



नवराज पौडेल, चन्द्रौटा ।
महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले कपिलवस्तुको शिवराव नगरपालिका १ शिवपुरमा अवस्थित नेपाल आर्दश माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको छ । बुद्ध शक्ती कराते डोजो चन्द्रौटाको सहयोग र विद्यालयको आयोजनामा कक्षा ८ देखि १० सम्मका ३०० जना छात्राहरुलाई तालिम दिइरहेको विद्यालयका अध्यक्ष बालाकराम बुढा मगर ले जानकारी दिनुभएको छ । उहाले तालिममा सिकेका कुरालाई व्यावहार उर्तानका लागी निडर बन्नु पर्ने र कसैले आक्रमण गर्न खोजेमा सजिलै आफ्नो विवेकको प्रयोग गरेर प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा महिलामाथि हुने आक्रमणबाट बच्ने तथा प्रतिकार गर्ने उपाय सिकाइएको प्रशिक्षक रामु सुनारले बताउनु भएको छ । विद्यार्थीलाई सानैदेखि आत्मरक्षाको तालिम दिँदा खेलकुद तथा शारीरिक रूपमा समेत तन्दुरुस्त हुने प्रशिक्षक नवराज पौडेलले बताउनु भयो ।
तालिम बुद्ध शक्ती कराते डोजो चन्द्रौटा प्रशिक्षकहरु रामु सुनार (राजिव), नवराज पौडेल, मनिस थारु, प्रकास बुढा मगर, सरिता सुनार, अकिंता थारु, अजय केवट र चन्द्र बुढा मगर लगाएतका प्रशिक्षहरुको सहभागीतामा विहान ५ः०० बजे देखि ८ः०० बजे सम्म दिइएको छ । तालिम यही जेठ १२ गते आईतबार सम्म संचालन हुने भएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७६ शुक्रबार ००:००  ७ : १२ बजे