मायादेवी अनलाइन, वाणगंगा ।
पोषण सप्ताहको अवसरमा पारिजात माध्यमिक विद्यालय वाणगंगा–७, वनगाई कपिलवस्तुले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । आज ‘‘सन्तुलित आहार, स्वस्थ्य जीवनको आधार’’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेकोहो ।
प्रतियोगिता कक्षा ८, ९, १० का विद्यार्थी हरु विच गराइएको थियो । प्रतियोगितामा प्रथम स्थान कक्षा ९‘ए’ की छात्रा आकृति गैरे , हुनुभएको छ भने द्वितीय स्थान कक्षा ९ ‘ए’ का छात्र शिवु शर्मा, र तृतीय कक्षा १० ‘ए’ का छात्रा स्मारिका खनाल हुनुभयो त्यसैगरी सान्त्वना कक्षा ८ ‘ए’ की छात्रा प्रभा श्रीसले प्राप्त गर्नुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक भोजराज पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा प्राचार्य कृष्ण के.सी.को प्रमुख आतिथ्यता रहेको थियो भने, विशिष्ट अतिथि सहायक प्रधानाध्यापक बसन्त भुसाल रहनुभएको थियो ।
उक्त प्रतियोगिताको निर्णयकमा माध्यमिक तह नेपाली विषय शिक्षक तारा प्रसाद पौडेल र अङ्ग्रेजी विषय शिक्षक नारायण अधिकारी रहनु भएको थियो । कार्यक्रमको सञ्चालन आधारभूत तह नेपाली विषय शिक्षक दामोदर आचार्यले गर्नु भएको होे ।
६ जेष्ठ २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया