बिष्णु कुमार आले, सितगंगा ।
बिद्यालयको भौतिक निर्माण कार्यमा दलका जनप्रतिनिधीले राजनितीक हस्तक्षेप गरेको भन्दै अर्घाखाँची जुकेना शिबाहदह माबिका बिद्यार्थी आन्दालित भएका छन् । विद्यार्थीहरुले वहालवाला प्रध्यानाध्यापकलाई हटाउन खोजिएको, बिद्यालयमा शौचालय निर्माणका लागि नगरपालिकाबाट परेको ७ लाख, वडा कार्यालयबाट परेको ३ लाख, पुस्तकालय निर्माणका लागि प्रदेश सरकारबाट परेको ३ लाख रकमको काम नै गर्न नदिएर राजनितीक हस्तक्षेप गरि फ्रिज गराउन खोजिएको भन्दै बिद्यालयमा तालाबन्दी गरेका छन् ।
उनीहरुले लामोसमय देखि दरबन्दी अनुसारका निमाबि तहमा २ जना, माबि तहमा १ जना शिक्षक नहुँदा पठ्नपाठन प्रभावित हुँदा समेत दलका जनप्रतिनिधीले बिषयगत शिक्षक राख्ने बिषयमा कुनै चासो नदिएको तर भौतिक निर्माणको आर्थिक पाटोमा दलका जनप्रतिनिधिले आँखा लगाएको भन्दै ४ दिन देखी बिद्यालयमा तालाबन्दी गरेका हुन् ।
गत शुक्रबार देखि लगाएको ताला खुल्न नसक्दा बिद्यालयका ५ सय बढि बिद्यार्थीहरुको पठ्नपाठ्न प्रभावित हुँदै आएको छ । विद्यार्थीहरुले बिद्यालयमा राजनितीक गर्न पाईदैन, राजनितीक हस्तक्षेप बन्द गर, शिक्षकको दरबन्दी पुरा गर, वहालवाला प्रध्यानाध्यापकलाई हटाउन पाईदैन, भौतिक निर्माणको रकम फिर्ता पठाउन पाईदैन जस्ता प्लेकार्ड लेखेर नारा जुलुस गरि बिरोध जनाएका छन् ।
आफ्ना माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने र बिद्यालयमा लगाईएको ताला नखोल्ने विद्यार्थीले अडान लिएका छन् । कक्षा १० मा अध्यनरत बिधार्थी सरोज आचार्यका अनुसार शौचालय निर्माणका लागि बजेट परेको थियो तर वडा कार्यालयले सिफारिस रोकिदिए पछि निर्माणको काम अगाडी बढ्न सकेको छैन ।
नगरबाट परेको ७ लाख, वडाबाट परेको ३ लाख बजेको काममा राजनितीक हस्तक्षेप हुँदा बिद्यालयमा ताला लगाउनु परेको आचार्यले बताए । निकासका लागि पटक पटक बैठक छलफल भएपनि कुनै टुङ्गो लाग्न सकेको छैन । पटक पटक दरबन्दी अनुसारका शिक्षक नहुँदा पठन-पाठन मा समेत अप्ठयारो हुँदा जनप्रतिनिधीले शिक्षक ल्याउने बिषयमा कुनै चासो नदेखाएको तर भौतिक निर्माणको काममा प्रक्रिया पुरा गरेर वडा कार्यालय पुग्दा सिफारिस नदिएको बिद्यालयका प्रध्यानाध्यापक कृष्ण शर्माले बताए ।
उता वडा अध्यक्ष ऋषि रेश्मीले भने, ‘हामी निकास दिन्छौं तर प्रक्रिया नपुगेका कारण सिफारिसमा रोक लगाएका हौं ।’ लामो समय बिद्यार्थीको पठ्नपाठनमा प्रभावित भएको छ, छिट्टै छलफल बाट निकास दिनु पर्छ भन्नेमा हामी छौं वडा अध्यक्ष रेश्मीले बताए । बिद्यालय व्यवस्थापन समिती, अभिभावक, बिद्यार्थी, शिक्षक, जनपतिनिधी बसेर छलफल संवाद गरि समस्याको निकास दिन आवश्यक छ ।
प्रतिक्रिया