८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विद्यार्थीको मन जित्दै सरस्वती टीका, बिद्यालयमा बिद्यार्थीको आकर्षण बढ्दै



थानेश्वर अधिकारी, (कास्की) ।
निजी विद्यालय सरहको पठन पाठन सुविधा सामुदायिक विद्यालयमा नै प्राप्त हुने भए पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको संख्या बढ्दै गएको छ । विगत केही वर्षयता खस्कदो अवस्थामा रहेका सामुदायिक विद्यालयमा न्यून शुल्कमा निजी विद्यालय सरहको पठन पाठनको ब्यवस्था भएपछि यस तर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्न थालेको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ कालिकास्थान स्थित श्री सरस्वती टीका माध्यमिक विद्यालय बिद्यार्थीहरुको आकर्षणको केन्द्र बन्न सफल भएको छ ।
२०१९ सालमा स्थापना भएको सो विद्यालयमा २०७० साल देखि बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र शिक्षाप्रेमीहरुको पहलमा अंग्रेजी माध्यममा पढाई सञ्चालन गर्दै आएको सो बिद्यालयमा हाल नेपाली र अंग्रेजी माध्यम गरी दुवै माध्यममा अध्ययन गर्ने बिद्यार्थीहरुको संख्या एक हजार छयानब्बे रहेको शिक्षक महेन्द्रराज अधिकारीले जानकारी दिनुभएको छ ।
विद्यालयले शिक्षालाई व्यबस्थित र गुणस्तरीय बनाउदै लगेको र समयको माग अनुसार पुर्वाधार विकासका साथ साथै सुचना प्रविधियुक्त शिक्षण सिकाई क्रियाकलाप सञ्चालन हुदै आईरहेकाले विद्यार्थीको संख्यामा बृद्धि भएको छ । सामुदायिक बिद्यालयतर्फ २०७५ सालको एस.इ.ई परिक्षामा छात्रा तर्फ सोे बिद्यालयमा अध्ययनरत नम्रता काफ्ले ३.९५ जि.पि.ए अंक ल्याई जिल्ला द्धितिय हुन सफल भएकी थिइन् ।
बालमैत्रीपूर्ण र दण्डरहित शिक्षा दिदै आएको सो बिद्यालयमा अहिले दुवै माध्यम गरी दैनिक ३५ वटा कक्षा संचालन हुदै आएको छ भने माध्यामिक तह तर्फ अहिले व्यवस्थापन, मानविकी र शिक्षा संकाय संचालनमा रहेको छ भने उच्च शिक्षा तर्फ स्नातक तह बिबिएस संचालन गर्दे आइरहेको छ ।


अंग्रेजी माध्यमबाट अध्यापन गर्ने शिक्षकहरु अनुभव प्राप्त, निजि बिद्यालयमा लामो समय काम गरेका तथा बिषय बिज्ञ रहेका कारण गुणस्तरीय शिक्षा दिन सफल भएको बिद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले बताउनुहुन्छ ।
विद्यालयमा विद्यार्थी संख्या तीन सय पचासबाट बढेर एघार सय विद्यार्थी रहेकाले सरकारले सोही अनुपातमा दरवन्दी मिलान गर्न सके शैक्षिक व्यबस्थापनमा अझ सुधार गर्न सकिनेमा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य बताउनुहुन्छ। स्थानिय तहको पनी राम्रो सहयोग र सद्भाव रहेको बिद्यालयको शैक्षिक उन्नतीमा थप सहयोग पुगेको छ ।


विद्यालयले यसै वर्ष देखि शिक्षक कर्मचारीको लागि डिजिटल हाजिरी र विद्यालयका गतिविधि अभिभावक समक्ष पुुर्याउन सरस्वती टीका एप्सको पनि व्यबस्था गरेको छ । यसका साथै बिद्यालयले बिद्यार्थीको अन्तरनिहित क्षमताको विकास गर्न नियमित रुपमा अतिरिक्त क्रियाकलाप सहितको शैक्षिक क्यालेण्डर अनुसार थप गतिविधीहरु सञ्चालन गर्दै आईरहेको छ । आगामी दिनमा यस बिद्यालयलाई सबै सँगको समन्वय र सहकार्यमा जिल्ला कै नमुना बिद्यालय बनाउने सोच रहेको बिद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्लेले बताउनु भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६ शनिबार ००:००  १० : १९ बजे