काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी, संघ संगठन र राजनीतिक दलका पहुँचवालाको नातेदारको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । यस विषयमा अख्तियार अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकाली छानबिनको प्रक्रियालाई अघि बढाएको छ ।
त्रिवि आयोगले लिएको परीक्षाको नतिजामा अनियमितता भएको र नातेदार तथा उच्च पदाधिकारीको मात्र नाम निस्केको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।
यस विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो। अख्तियार अनुसन्धान स्रोतका अनुसार भेटिएका केही तथ्यांकले गम्भीर अनियमितताको संकेत गरेको छ । स्रोतले प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा जाने र थप छानबिन काजगपत्र हेरेर अनुसन्धानको कामलाई अघि बढाएको जनाएको छ ।
२ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया