मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउपालिका वडा नम्बर १ मा अवस्थित प्राथामिक विद्यालय इमिलियामा भर्ना भएका नया विद्यार्थीलाई बाल क्लवले स्वागत गरेको छ । प्राथामिक बाल क्लवले आज एक कार्यक्रमको आयोजना गरि नया विद्यार्थीलाई स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राधेश्याम कुर्मिले बाल क्लवले गरेको यस कार्य नौलो र पहिलो पटक भएको भन्दै प्रंसशा गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक गोविन्द शरण तिवारीले विद्यालयको गुणस्तरिय शिक्षा तथा ब्यवस्थापनमा अभिभावकहरु को साथसाथै स्थानिय निकायपनि पनि जिम्मेबार बन्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका फोकल पर्सन राधादेवी शर्माको स्वागत रहेको कार्यक्रमको सञ्चालन ग्लोबल एक्सन नेपालकि स्रोत प्रशिक्षक गीता अर्यालले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक राम मिलन प्रसाद कोहार लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम बाल क्लवका अध्यक्ष शिव बानियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
बाल क्लवले नया विद्यार्थीलाई पहिलो पटक यसरी स्वागत कार्यक्रमको आयोजना गरेको हो । विद्यार्थीलाई शिक्षामा उत्प्रेरणा प्रदान गर्नको लागि कार्यक्रम गरेको क्लवले जनाएको छ । युरोपियन युनियन, वि वल्र्ड अनलसको आर्थिक सहयोग, ग्लोबल एक्सन नेपाल तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारीमा सञ्चालित पिक परियोजनाले विद्यालयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।
३० बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया