झापा ।
कुनै पनि शीर्षकमा शुल्क नलिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सचेत गराएका छन्।
सामुदायिक विद्यालयले शुल्क लिएको कुरा आफूलाई जानकारीमा रहेको भन्दै उनले त्यस्तो शुल्क नलिन विद्यालयलाई सचेत गराएका हुन्।
आइतबार बिहान प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शिक्षा क्षेत्रको परिवर्तनका लागि चाँडै शिक्षा नीति टुङ्गो लाग्ने जानकारी दिए।
मन्त्री पोखरेलले पहिलो वर्षमा शिक्षाका लागि आधार बर्ष भएको बताए। तर पहिलो बर्षमा काम भने गर्न नसकिएको उनको भनाइ थियो। यो वर्ष शिक्षामा काम देखाउने उनले बताए।
मन्त्री पोखरेलले उत्पादनमुखी शिक्षा आजको आवश्यक्ता भएको बताए। उनले भने, ‘पुरानो हिसाबले अबको शिक्षा चल्दैन। शिक्षालाई उत्पादनसंग जोड्नुपर्छ।’ उनले शिक्षालाई प्राविधिक र सीपयुक्त बनाइने जानकारी दिए।
प्रतिक्रिया