नवलपरासी ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ७ मा स्थित बेतहानी गाउँका किसान पछिल्लो समय मौरीपालनतर्फ आकर्षित हुँदै भएका छन् । त्यहाँका हरेक घरमा मौरी पालन देख्न पाइन्छ। किसानहरू आकर्षित भएपछि नगरपालिकाले बेतहानी गाउँलाई मौरी पकड क्षेत्रका रूपमा विकास गर्ने अवधारणा ल्याएको छ ।
बर्दघाट नगरपालिकाले विशेष योजना बनाएर मौरीपालन पकड क्षेत्रसँगै मौरीको अध्ययन केन्द्रका रूपमा समेत विकास गरिने बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । एकै घारबाट ६० किलो मह प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँध्ये १२ लाख बेतहानीमा मौरीपालनका लागि छुट्याइएको छ।
बेतहानी मौरीपालक कृषक समूहमार्फत प्रदेश सरकारबाट प्राप्त भएको १२ लाख र किसानको २ लाख ६५ हजार गरी कुल १४ लाख ६५ हजारमा मौरीसहितका १ सय ५७ घार खरिद गरी १० जना किसानलाई वितरण गरिएको छ।
एकजना किसानको घरमा १० वटाका दरले मौरीसहितको घार दिइएको छ । मौरीको एक घारबाट वार्षिक सरदर ५० देखि ६० किलोसम्म मह गत्पादन हुने गर्दछ। किसानले मह प्रतिकिलो ३ सयदेखि ४ सयसम्ममा बिक्री गर्ने गरेका छन् । होलसेलमा भने २५० देखि ३ सयसम्ममा बिक्री हुने गरेको किसानहरूको भनाइ छ।
मनग्य आम्दानी हुने भएपछि उनीहरु मौरीपालनमा आकर्षित भएका छन्। मासिक ६० हजार आम्दानी सुरुवातमा १० जना किसानबाट मौरीपालन सुरु गरिएको थियो । मौरीपालनमा लागेका नयाँ किसानले मौरीपालन तालिम माग गरेका छन्। बेतहानी मौरीपालक कृषक समूहमा मह काढ्ने एउटा मेसिन छ । मह प्रशोधन र लेवलिङ गर्ने मेसिनको अति आवश्यक रहेको किसानहरूले बताएका छन् ।
२४ बैशाख २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया