दाङ ।
दाङमा हावाहुरीसँगै परेको पानीले क्षति र्पुयाएको छ । राजपुर गाउँपालिका वडा नं. ६ खांग्रा नाकामा रहेको सामुदायिक स्वास्थ्य चौकीको छानो उडाएको छ। एक लाख बराबरको क्षति भएको छ ।
यस्तै ज्योति आधारभुत विद्यालयको दुईवटा कोठाको जस्तापाता उडाएको छ । भित्ता भत्किदा एक लाख ५० हजार बराबरको क्षति भएको छ । कटबेरवा निवासी बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाएको छ । २५ हजार बराबरको क्षति भएको छ ।
गीता शार्कीको कच्चि घर भत्किएको छ । जसबाट १ लाख ७५ हजार बराबरको क्षति भएको छ । चन्द्रकला बि.सी. को कच्चि घर भत्किएको छ । जसबाट एक लाख बराबरको क्षति भएको छ । गुरुङखोला बस्ने बिष्णुबहादुर बुढाको घर भत्किएको छ । जसबाट २ लाख ५० हजार बराबरको क्षति भएको छ ।
मटेरिया बस्ने झुमलाल कवरको भान्सा घर भत्किएको छ । जसबाट ५० हजार बराबरको क्षति भएको छ । प्रतापपुर निवासी हरी प्रसाद चौधरीको मिटर बक्समा चट्याङ पर्दा १५ हजार बराबरको क्षति भएको छ ।
लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी गेदप्रसाद भट्टराईको घरको छानो उडाएको छ । घरमा पानी पस्दा गहुँ ७ कुन्टल, ३ कुन्टल तोरी, डेढ कुन्टल मसुरो र धान पाँच कुन्टल भिजेर क्षति भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ५ सितलपुर निवासी रामकुमार थापाकाको घरको छानो उडाएको छ । पहल सिंह वलीको कुखुरा फर्म, बिनोद बस्नेतको गोठको छानो, मुक्तबहादुर केसीको टिनले छाएको गोठ ढलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
असिनाले तरकारीमा ठूलो क्षति
दाङमा असिना पानीले तरकारी खेतीमा ठूलो क्षति र्पुयाएको छ । बोडी, करेला, लौका तरकारीमा असिना पानीले क्षति र्पुयाएको हो ।
लमही–३ टिकुलिगढको १२ बिगाह जमिनमा गरिएको तरकारी खेतीमा ठूलो क्षति भएको छ । हरेक वर्ष असिना पानीले क्षति र्पुयाउने गरेको किसान श्रीधर पुनले बताए ।
प्रतिक्रिया