थानेश्वर अधिकारी, तौलिहवा ।
भुसाल एग्रोभेट सेन्टर कपिलवस्तु नगरपालिका वार्ड नं ६ शिवपुरा, बर्मेलीको आयोजनामा कृषक दिवश मनाइएको छ । परम्परागत कृषि प्रणालीमा आश्रित रहेका कारण कृषकहरुले कृषिबाट मनग्गे आम्दानी लिन सकिरहेका छैनन् ।
उन्नत प्रबिधि र सीपको कमीका कारण कृषकहरु पछाडी परेको कार्यक्रमका सहभागीहरु बताउँछन् । सो अवसरका कृषकहरुलाई उन्नत तथा हाइब्रिड तरकारी सम्बन्धि अनुशिक्षण समेत दिइएको छ । सो कार्यक्रममा अर्गानिक खेती , बेमौसमी तरकारी खेतीका फाइदा, जैविक मल उत्पादनको महत्व र आवश्यकताका बारेमा भुसाल एग्रोभेटका प्रोपाइटर सुदिप भुसालले सहजीकरण गर्नुभएको थियो । सो कार्यक्रममा बिभिन्न समुहका करिव २५ अगुवा कृषकहरुको सहभागिता रहेका रहेको थियो ।
प्रतिक्रिया