एजेन्सी ।
महङ्गीको मार खेपिरहेको पाकिस्तानमा आम नागरिकको समस्या कम हुने कुनै छाँटकाँट हुने देखिँदैन । दैनिक हिन्दुस्तान खबरका अनुसार, पाकिस्तानमा प्रत्येक दिन दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छोइरहेको छ ।
तरकारी, पेट्रोल र डिजेलको भाउ त पहिलेदेखि नै बढेको थियो, अब यसमा दूध पनि सामेल भएको छ । अखबारहरुका अनुसार, पाकिस्तानमा अहिले दूध प्रतिलिटर १ सय २० देखि १ सय ८० सम्ममा बिक्री भइरहेको छ ।
कराँची डेरी फार्मर्स एसोसियशनले दूधको मूल्यमा प्रतिलिटर २३ रुपैयाँले बढाएको हो ।
एसोसिएशनका अनुसार, पशुहरुलाई खुवाउने चारा र इन्धनको मूल्य निकै बढेपछि दूधको मूल्य बढाउन बाध्य हुनुपरेको हो ।
पाकिस्तानमा पाँच वर्षयता महङ्गीको दर अहिलेसम्मकै उच्च अर्थात् ९.४१ प्रतिशत पुगेको छ । यो महङ्गी सन् २०१४ पछिकै सर्वा्धिक उच्च हो । गएको मार्चमा मात्र महङ्गी पहिलो महिनाको तुलनामा १.४२ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया