काठमाडौँ ।
भक्तपुरको दधिकोटमा बर्ड फ्लू भेटिएपछि झण्डै १४ सय कुखुरा नष्ट गरिएको छ । मंगलबार राति नै पशु स्वास्थ्य सेवा विभाग, स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासनको रोहवरमा ती सबै कुखुरा नष्ट गरिएको हो।
स्थानीय मधुराम न्यौपानेको अनुस्कृत कुखुरा फार्ममा रहेका ब्रोइलर कुखुरामा बर्ड फ्लू भेटिएपछि एक हजार ३ सय ७५ ब्रोइलर कुखुरा नष्ट गरिएको छ। सञ्चालक न्यौपानेले आफ्ना कुखुरा नष्ट गरिएको जानकारी दिएका छन्। एक साता अघि पनि त्यही क्षेत्रमा बर्ड फ्लू रहेको पुष्टी भएको थियो।
प्रतिक्रिया