८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुको दरखास्तमा पनि रोपियो चैते धान



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा ४ दरखास्तमा मंगलबार धान रोपाई गरिएको छ । महेन्द्र राजमार्ग देखि नजिकै रहेको झण्डै डेढ विगाह जग्गामा धान रोपिएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपर जोनको सहयोगमा किसानले धान रोपेका हुन् ।
धान सुपर जोन परियोजनाले अहिले जिल्लाको वाणगंगा क्षेत्रको झण्डै बीस हेक्टर जग्गामा धान रोप्ने योजना बनाएको कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मुकुन्द भुसालले बताउनुभयो । परियोजनाको लक्ष्य अनुसार आज अन्तिम दिन दरखास्तमा धान रोपिएको कार्यालयले जनाएको छ ।
अन्नपूर्ण कृषक समुह बनाई दरखास्तमा धान रोपिएको समुहका अध्यक्ष शंकर पौडेलले बताउनुभयो । पहिलो पटक चैते धानको अध्यास गरिएको भन्दै यसले किसानलाई हौसला मिलेको अध्यक्ष पौडेलले सुनाउनुभयोे ।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  ३ : १० बजे