मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको पशु सेवा शाखाले किसानका लागि विभिन्न मेसिनरी सामग्री वितरण गरेको छ । शाखाको आफ्नै भवन बुड्ढी हनुमान चोकमा भएको कार्यक्रममा २० जना किसानका लागि सामग्री वितरण गरिएको हो ।
नगरका १० ओटै वडामा सुचना जारी गरी व्यवसायिक रुपमा पशुपालन गर्ने किसानका लागि घाँस काट्ने च्यापकटर ८ थान, मिल्क म्यान १० थान, ग्यालेण्डर मेसिन १ थान वितरण गरिएको हो ।
मेसिनरी सामग्री वितरण गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरबाट प्रदान भएका सामग्रीको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । व्यवसायिक रुपमा किसान पेशा अगाँलेकाहरुको पेशामा थप टेवा पुगोस भनेर सामग्र्री वितरण गरिएको भन्दै नगर प्रमुख श्रेष्ठले यसको बेला बेला अनुगमन गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष पवन कुमार थारु, किसान गोपाल प्रसाद चौधरी लगायतले बोल्नुभएको थियो ।
२६ चैत्र २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया