मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका कुखुरापालक किसानलाई नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख नेत्रराज अधिकारीले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । शिबराज नगरपालिकामा रहेका अन्य किसानको तुलनामा कुखुरापालक किसानको आम्दानी राम्रो भएकोले ब्यवसायिक रुपमा पालन गर्न अधिकारीले अनुरोध गर्नुभयो ।
पछिल्लो समय लेयर्स कुखुरापालन तर्फ किसानको आर्कषण बढेकोले अण्डामा समेत शिबराज आत्मनिर्भर बन्दै गएको बताउनुभयो । नेपाल सरकारले भारतबाट कुखुरा तथा अण्डा आयातमा निषेध गरेकोले पनि नेपालमै बजारको प्रशस्त ठाँउ रहेकोले चोरी तस्करीमा किसानले समेत निगरानी गर्नु पर्ने बताउनु भयो ।
कुखुराबाट सर्ने बर्डफ्लु जस्ता रोगहरु नियन्त्रण गर्न सरसफाईमा बिषेश ध्यान दिन अनुरोध गर्नु भयो । साथै आबश्यक औषधिको प्रयोग गर्न किसानहरुलाई अनुरोध गर्नु भयो । तालिममा शिबराज नगरपालिकाका ३९ जना किसाानहरु सहभागी रहेका छन ।
प्रतिक्रिया