दीपा महत, कपिलवस्तु ।
प्रदेश ५ लाई समृद्ध र सुखी प्रदेश बनाउन कृषिमा लगानी गर्नुको विकल्प नरहेको प्रदेश सांसद विष्णु पन्थीले बताउनुभएको छ । सांसद पन्थीले ब्याप्त बेरोजगारीको समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । कृषि पकेट स्मार्ट गाउँ कार्यक्रमको बुधबार वाणगंगा ९ भलवाडमा शुभारम्भ गर्दै सांसद पन्थीले यस्तो बताउनुभएको हो ।
प्रदेश ५ को कृषि तथा भूमि ब्यवस्था मन्त्रालयको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र कपिलवस्तु तौलिहवाको प्राविधिक सहयोगमा सञ्चालन हुने कृषि पकेट स्मार्ट गाउँ कार्यक्रम कपिलवस्तुको वाणगंगा ९ भलवाडमा शुभारम्भ भएको छ ।
कार्यक्रम प्रदेश ५ का १२ जिल्लाका ५२ स्थानमा सुरु भएको छ । जसमध्य कपिलवस्तुबाट जिनुवा र वर्दवालाई छनोट गरिएको छ । जिनुवा र वर्दवा गाउलाई समेटेर कैली कृषि स्मार्ट गाउ बनाउने वाणगंगा नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
कृषि पकेट स्मार्ट गाउ अन्तरगत कृषिबाली, जलवायु, कृषि प्रविधी, पोषण तत्व र कृषि बजारीकरण लाई स्मार्ट गराईने छ । जिनुवा र वर्दवा गाउको कार्यक्रमको लागि प्रदेश सरकारको भुमी तथा कृषि मन्त्रालयले ५० लाख बजेट विनियोजन गरेको छ ।
कार्यक्रम वडा अध्यक्ष धुव्र बेल्वासेको अध्यक्षता, उमप्रमुख चक्र अर्याल, कृषि ज्ञान केन्द्र तौलिहवाका बाली विकास प्रमुख सहषराम चौधरीको विशिष्ठ आतिथ्यतामा भएको हो । कार्यक्रमको सञ्चालन बाली बिकास अधिकृतले गर्नुभएको थियो ।
यस्तै कार्यक्रम कार्यन्वयनका लागि चुरामणी आचार्यको अध्यक्षतामा ७ सदस्यीय समिती गठन गरिएको छ । समितीले कार्यक्रम कार्यान्वयनका लागि विभिन्न कामहरु गर्ने छ ।
८ फाल्गुन २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया