काठमाडौं ।
नेपाली राष्ट्रिय टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बासमा लगातार दोस्रो खेलमा आफ्नो प्रभाव कायम राख्ने क्रममा आज होबार्ट हुरिक्यान्सविरुद्ध तीन विकेट लिएका छन् ।
बिग बासमा दोस्रो खेल खेल्ने क्रममा रहेका सन्दीपले चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिइसकेका छन् । आफ्नो तेस्रो बलमा पहिलो विकेट लिएका उनले व्यक्तिगत तेस्रो र चौथो ओभरमा पनि विकेट लिने क्रमलाई निरन्तरता दिए ।
मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले सोमबार आफ्नो पहिलो ओभरको तेस्रो बलमा एलेक्स डुलानलाई २ रनमा आउट गरेका थिए । पहिलो बलमा एक रन दिएका उनले दोस्रो बल डट फालेपछि तेस्रो बलमा डुलानलाई बोल्ड गरेका थिए ।
व्यक्तिगत तेस्रो ओभरको दोस्रो बलमा विपक्षी कप्तान म्याथु वेडलाई आउट गरेका उनले चौथो ओभरको पहिलो बलमै बेन म्याक डेर्मोटलाई पवेलियन फर्काए । योसँगै जारी बिग बास लिगमा सन्दीपको विकेटसंख्या पाँच पुगेको छ । शुक्रबार सिडनी थन्डर्स्विरुद्ध खेल्दै बिग बासमा ‘डेब्यु’ गर्दा सन्दीपले दुई विकेट लिएका थिए ।
९ पुस २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया