जुम्ला ।
छोरी जन्माएको भन्दै जुम्लाकी एक महिलालाई घर निकाला गरिएको छ । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला हुनुभएको हो ।
२६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताउनुभयो । श्रीमान्ले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उहाले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मँदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उहाले बताउनुभयो ।
झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन्। उहा कान्छी छोरीसँगै अस्पतालमै हुनुहुन्छ । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ ।
८ पुस २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया