८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बुद्धभूमिलाई जिल्लाकै उत्कृष्ट बनाउने सरोकारवालाको प्रतिवद्धता



मायादेवी अनलाइन, बुद्धभूमि ।
विकासको दु्रत गतिमा अगाडी बढेको कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई उत्कृष्ट बनाउन सबै एक भएर अगाडि जाने सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन ।
नगर प्रमुख केशव कुमार श्रेष्ठको पहलमा भएको नगरपालिका स्तरीय सर्वदलिय, सर्वपक्षिय बैठकमा सरोकारवालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । नगरपालिकाले गर्ने विकास निर्माणमा त्रुटी हुन नहुने भन्दै राम्रो कामको लागि आफुहरुले जतिबेला पनि सहयोग गर्ने सर्वदलिय र सर्वपक्षिय प्रतिनिधिहरुले बैठकमा प्रतिबद्धता जनाएका छन ।
छलफलमा नगरपालिकाका नगर प्रमुख श्रेष्ठले यसै आर्थिक बर्ष भित्र नगरपालिकाले गर्न लागेका कामहरुको बारेमा जानकारी दिनुभएको थियो । उहाले प्रदेश सरकारको सहयोगमा बन्न लागेको भवन सभा हल र खेलकुद मैदान निर्माण, घुम्ती शौचालय, खोला ठेक्का, सडक ठेक्का, एम्बुलेन्स खरिद, छाडा चौपाय व्यवस्थापन लगायतका विषयवस्तुलाई सर्वदलिय बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत विषयबस्तु माथि सर्वदलिय प्रतिनिधिले आ आफ्नो राय प्रस्तुत गर्दै आफुहरुको सहयोग रहने बताएका छन । बैठकमा नेकपाका नेता पिताम्बर खनालले नगरको विकासमा आफुहरुको साथ सधै रहने बताउनुभयो । जनताले विकास निर्माणका लागि जनप्रतिनिधि बनाएर पठाएको भन्दै जनप्रतिनिधिले जनताको काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पुराना बामपन्थी नेता इन्द्रमणी पौडेलले बुद्धभूमि नगरपालिकालाई जिल्लाकै उत्कृष्ट नगरपालिका बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सबैको साथ र सहयोगले नगरको समृद्धि हासिल हुने उहाले तर्क राख्नुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७५ शनिबार ००:००  २ : ३१ बजे