काठमाण्डौ ।
युनाइटेड अरब इमिरेट्सका बलर मोहम्म नाभिदले एभरेष्ट प्रिमियर लिग भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन् । मंसिर २२ गतेबाट हुने ईपीएलमा यूएईका तीब्र गतिका बलर नाभिदले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवामा अनुबन्ध भएका छन् ।
यसअघि पोखरामा भएको पोखरा प्रिमियर लिगमा पनि नाभिद शरदको कप्तानीमा रहेको पोखरा पल्टनबाट खेलेका थिए । जसमा उनले निकै राम्रो प्रदर्शन पनि गरेका थिए । पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी राख्न पाउने नियम बनाएको छ ।
४ मंसिर २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया