मायादेवी अनलाइन, तौलिहवा ।
नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार नजिकिए संगै कपिलबस्तुमा पटकाजन्य पदार्थको भित्रिने क्रम बढेको छ । खुल्ला सिमानाको फाइदा उठाउदैं ब्यापारीहरुले अवैध रुपमा पटकाजन्य पदार्थको आयात गरिरहदा कपिलबस्तु प्रहरीले भने बिशेष सक्रियता बढाएकोे छ ।
जिल्ला प्रहरी कार्यालयले एक साताको अवधीमा बिभिन्न सिमानाकाहरुबाट तीनलाख बढि मुल्यको पटकाजन्य पदार्थहरु बरामद गरेको छ । बरामद गरिएका पटकाहरु ध्वनी तथा बातावरण प्रदुषण गर्ने ठुला बिष्फोटक पदार्थहरु रहेको बताइएको छ ।
अवैध रुपमा भित्रिएका पटकाजन्य पदार्थहरुको बिस्फोटबाट मानवीय तथा भौतिक क्षति समेत हुनेसक्ने तर्फ बिशेष निगरानी बढाएको प्रहरी उपरिक्षक अच्युत प्रसाद पुडासैनीले बताउनुभयो । उहाले तिहार बिशेष सुरक्षा योजना बनाउदै बिना पोशाकका प्रहरीहरु परिचालन गरिएको बताउनुभयो ।
भर्खरै सकिएको वडादशैंको समयमा पटकाजन्य पदार्थको बिस्फोटबाट एकजनामा हृदयघातका कारण ज्यान गएपछि अहिले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि बिशेष योजना समेत तयार पारिएको प्रहरी नायब उपरिक्षक रबि रावलले जानकारी दिनुुभएको छ ।
प्रतिक्रिया