मायादेवी अनलाइन, तौलिहवा ।
मिसावट र कम तौल दिने गरेको ब्यापक जनगुनासो आए पछि कपिलवस्तुका पेट्रोल पम्पको निरीक्षण गरिएको छ । यसै क्रममा कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेका पेट्रोल पम्पमा संयुक्त अनुगमन गरिएको छ । प्रशासन कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय बुटवल, प्रहरी, संचारकर्मी सहीतको टोलीले कपिलवस्तु नगरपालिकामा रहेका तीन वटा पेट्रोल पम्पको अनुगमन गरेको हो । तौलिहवाका चिन्नी लाल कान्दु, शिवपार्वती र डंगरीमा रहेका खान आयलमा अनुगमन एवं निरिक्षण गरिएको थियो ।
सहायक प्रजिअ रामेश्वर अर्यालयको नेतृत्वमा रहेको अनुगमन टोलीले पेट्रोल पम्मको मेशिनको जाच र नाप तौल गरेको थियो । सो क्रममा चिन्नीलाल पेट्रोल पम्पको मेशिनमा गढबडी देखिएकाले कैफियत लेखी तीन दिन भित्र नाप तौल कार्यालयमा हाजिर हुन निर्देशन दिईएको सहायक प्रजिअ अर्यालले बताए ।
उनले तीन वटै पेट्रोल पम्पका स्टकको हरहिसाब नराखिएको बीउ समेत ब्यवस्थित नगरिएको लगायतका कमाजोरीहरु भेटिएको उनले बताए । जिल्लाका बिभिन्न पेट्रोल पम्मका कम तौल र मिशावट भएको भन्ने गुनासा र लिखित उजुर परे पछि अनुगमन गरिएको अर्यालले बताए । नाप तौल कार्यालयका सिनियर मिस्त्री राकेश प्रसाद पाण्डेयले पम्पको चेकजाच गरेका थिए ।
प्रतिक्रिया