८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

धान पाक्यो, किसानलाई काट्न चटारो



मायादेवी अनलाइन, कपिलवस्तु ।

दशैँको रौनकता हराउन नपाउँदै कपिलवस्तुका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । खेत खेतमा धान पाकेपछि दशैँमा रमाइलो गर्न भन्दा पनि धान काट्न कृषक व्यस्त भएका हुन् । अधिकांश मान्छे टीका थाप्न आफन्तकहाँ गए पनि कपिलवस्तुका कृषक भने बिहान, बेलुका टीका थाप्न गए पनि दिउँसोको समयमा भने धान काट्न खेत खेतमा पुग्ने गरेका छन् ।

यस वर्ष समयमै वर्षा भएकाले धानको उत्पादन समेत वृद्धि हुने भए पनि असिना, पानी पर्ने डरले कृषकले दशैँको पर्वाह नगरी धान भित्र्याउने चटारोमा लागेका हुन् ।

अहिले जिल्लाको वाणगंगा, बुद्धभूमि, शिवराज, कृष्णनगर, महाराजगञ्ज, कपिलवस्तु नगरपालिकाका साथै मायादेवी, सुद्धोधन र यशोधरा गाउपालिकाका विभिन्न स्थानका किसानलाई धान काट्न चटारो परेको छ ।

यस वर्ष असार र साउन महीनाभित्र जिल्लाको सबै क्षेत्रमा धान रोपाइँ सकिएकाले धान पनि चाँडै पाकेको र उत्पादन पनि राम्रो भएको कृषकले बताएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  १ : ३१ बजे