दाङ ।
हिउँदे आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् । तुलसीपुर बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन् । तुलसीपुर बजारमा आलुको बीउ किन्न आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–७ का ४० वर्षीया ममता रेग्मीले आफू पाँचवटा पसलमा गएको र प्रत्येक पसलमा आलुको बीउको मूल्यमा फरक पाएको बताउनुभयो ।
अहिले तुलसीपुर बजारमा मात्र होइन नारायणपुर, घोराही, लमही, भालुबाङलगायतका बजारमा फरक÷फरक मूल्यमा आलुको बीउ बिक्री हुने गरेको छ । उपभोक्ताले मूल्यमा एकरुपता ल्याउन सरोकारवाला निकायसँग माग गरेका छन् । तुलसीपुर बजारमा आलुको बीउ लिन आएका तुलसीपुर– ४ खर्चबाका तिलक चौधरी सम्बन्धित निकाय मौन बसेपछि मारमा परेको बताउनुहुन्छ । जिल्लामा दुई हजार २०० हेक्टर जमीनमा आलुखेती हँुदैआएको सरकारी तथ्याङ्क छ । (रासस)

प्रतिक्रिया