१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मुख्यमन्त्री शंकर पोख्रेल भन्छन्, प्रदेश ५ देशकै ऐतिहासिक भूमि



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले लेखक तथा साहित्यकारहरुलाई ऐतिहासिक र पुरातात्विक क्षेत्रको विषयमा कलम चलाउन आग्रह गर्नुभएको छ । प्रदेश नं. ५ ऐतिहासिक भुमि भएको भन्दै तथ्य प्रमाणहरु पत्ता लाग्न नसक्दा सोचेजस्तो विकास हुन नसकेको उहाले बताउनुभयो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालले शनिबार वाणगंगा नगरपालिकाको कपिलधाममा राखेको सातौ बार्षिक उत्सव, प्रदेश अधिवेशन, स्रष्टा सम्मान तथा रचना बाचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले बुद्ध संग सम्बन्धित स्थलहरु प्रशस्तै भएपनि तथ्य प्रमाणहरु भेट्न नसकेको बताउनुभयो ।
बुद्धले २९ बर्ष विताएको भूमि कपिलवस्तु भए पनि विश्वका अनुसन्धान गर्ने व्यक्तिहरु भारत लगायतका देशका भएको भन्दै नेपालले विश्वमा पुष्टि गर्नका लागि प्रयाप्त प्रमाणहरु भेटाउन नसक्दा समस्या भएको उहाले बताउनुभयो ।
गुगलमा शुद्धोधन र लुम्बिनीका केही स्थान भारतमै रहेको देखाउने गरेको भन्दै उहाले लेखक तथा साहित्यकारलाई त्यता तिर ध्यान दिन आग्रह गर्नुभयो । प्रदेश ५ पर्यटकीय दृष्टिले देशकै महत्वपूर्ण स्थान भएको भन्दै पृष्टि गर्ने आधारहरु नहुदा विश्वमाझ पुर्याउन नसकिएको उहाले स्विकार गर्नुभयो ।
पर्यटकीय स्थलको विकासका लागि प्रदेश सरकार सधै अग्रसर हुने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो । कपिलवस्तु देशकै खुल्ला संग्राहलय भएको भन्दै लेखकहरुलाई ऐतिहासिक विषयलाई पत्ता लगाई पुष्टि गर्ने आधार सहित कलम चलाउन आग्रह गर्नुभयो । आफ्नो मन्त्व्यको धेरैजसो समय यही विषयबस्तुमा खर्चिनुभएका उहाले केही तथ्य सहितका विषयबस्तु माथि प्रकाश पार्नुभयो ।
कपिलवस्तुको कपिलधाम, अघाँखाचीको पाणीनी तपोभूमि, प्युठानको स्वर्गद्धारी लगायतका स्थान पनि महत्वपूर्ण रहेको भन्दै उहाले यी ठाउँहरुका तथ्य सहितका प्रमाणहरु पनि प्रयाप्त भेट्न नसकिने उहाले बताउनुभयो ।
ऐतिहासिक स्थहरुले जीवन र जगतलाई प्रतिनिधित्व गर्नुपर्ने भन्दै उहाले प्रकृती ज्ञानको नभई समाजको हुनुपर्नेमा उहाले जोड दिनुभयो । ठाउँहरु ऐतिहासिक हुन सक्छन उहाले भन्नुभयो विश्वलाई त्यो कुरालाई विश्वास दिलाउनका लागि तथ्य प्रमाण आवश्यक हुन्छन ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  १ : ४६ बजे