८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

माधव सँग २९ सालदेखिको अनुभव छ – केपि ओली



काठमाडौं ।
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर फर्किएका प्रधानमन्त्री केपि शर्माले ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद सामान्य भएको बताएका छन । त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेता नेपालसँग आफू लगातार २९ सालदेखिसँगै रहेकाले कुनै चिन्ता नलिन आग्रह गरे ।
‘उहाँसँग मित्रता छ। अनुभव छन्। तपाईंहरूले चिन्ता नलिएर ढुक्क हुन आग्रह गर्छु,’प्रधानमन्त्रीले भने,‘कहिलेकाहिँ कवि मन भएका मान्छेले कवितात्मक ढंगले पूरानो गीत सम्झना गर्नु सामान्य हो । त्यसैका पछि लाग्नुको कुनै अर्थ छैन ।’
उनले पार्टीका तल्ला तहको एकीकरण पनि चाँडै टुंगिने बताए । ‘पोहोर तालमेल गर्दा तालमेल हुनै सक्दैन भन्थे। एकता र एकीकरण पनि हुँदैन भन्थे। अहिले तल्लो तहमा एकता भएको छैन भन्दै छैन । दुई चारमा दिनमा हेर्नुस् तल्लो तहमा पनि एकीकरण हुन्छ,’ प्रधानमन्त्रीले भने ।
उनले पाँच वर्षपछि अहिलेकै सरकार फेरि बलियो बनेर सत्तामा आउने दाबी गरे । ‘सरकारले नराम्रा काम नगरेको बरू राम्रा काम गर्ने प्रयास गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार पाँच वर्ष चल्छ । चुनाव गर्छ, अनि अझै बलियो बनेर आउँछ ।’
उनले सरकार गठन भएको सात महिनामात्र भएको र नयाँ बजेट कार्यान्वयन भएको दुई महिनामात्र हुँदा पनि सबै समस्या यही सरकारले सिर्जना गरेको जसरी आलोचना गरिएको बताए ।
‘सरकारको आलोचना गर्ने साथीहरूलाई म भन्न चाहन्छु, नेपाल सात महिनामा गरिब भएको हो ? सात महिनाअघि यहाँका बाटा चौडा र पिचैपिच थिए। हुन त कतिपय साथीलाई अरूलाई गाली गर्दा सन्तोष मिल्छ,’ प्रधानमन्त्री ओलीले भने ।
यसअघि गत साता नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा सम्बोधन गर्दै सरकारका कामले देश डुब्न लागेको बताएका थिए। उनले सरकारको चर्को आलोचना पनि गरेका थिए।
पार्टीका स्थायी समिति सदस्यको भेला गरेर उनले पार्टीभित्र दुई अध्यक्षले एकलौटी निर्णय गरेकोमा असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  २ : ३२ बजे