संजीव गहतराज, चन्द्रौटा ।
कपिलवस्तुको लालपुरमा एक किशोरी बलत्कारको शिकार भएकी छिन । छिमेकीको नल्कामा हात मुख धुन जादाँ गाउँकै ब्यक्तिबाट किशोरी बलत्कारको शिकारी भएकी हुन ।
राती करिब ९ बजेकोे समयमा ती २० वर्षे युवतीलाई २१ बर्षे रहेमान गद्दीले बलत्कार गरेका हुन । पीडितले इलाका प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिए पछि घटना बाहिर सार्वजनिक भएको हो । ती पीडित किशोरीका अनुसार स्थानीय ५१ बर्षका जयफ उल्ला गद्दीले मुख छोपेर उनललाई खेतमा लगेका थिए । त्यस लगत्तै रहेमानले उनलाई बलत्कार गरेको बताइएको छ ।
अभियुक्त दुबै जना फरार छन । उनीहरुको खोजी कार्यलाई तिब्र पारिएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका निमित्त प्रहरी निरक्षक ज्ञानेन्द्र सिंह चौधरीले बताउनु भएको छ ।
प्रतिक्रिया