काठमाण्डौं ।
दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । नेपाल यातायात व्यवसायी महासंघको सोमबार बसेको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेपछि टिकट खुलेको हो । टिकट खुलेपछि विहानैबाट देशभरका बिभिन्न वस पार्कमा टाढाटाढा जाने यात्रुको भीँड लागेको छ ।
टिकट लिन पाइने हो कि होइन भन्ने अन्यौलमा रहेका सर्वसाधारण सबै काम छोडेर विहानैदेखि टिक काट्न बसपार्कहरुमा लाइनमा उभिएका छन् । राजधानी काठमाण्डौँको नयाँ वष पार्क, रुपन्देहीको वसपार्क लगायतमा टिकट लिने यात्रुहरु लाइनमा बसेका जनाइएको छ ।
यसअघि सरकार र महासंघबीच इन्धनको मूल्यवृद्धिमा विवाद उत्पन्न भएपछि असोज ५ बाट गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकिएको थियो । सरकारले १० प्रतिशत गाडीभाडा वृद्धि गर्ने भएपछि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनु भएको छ ।
९ आश्विन २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया