८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अर्गानिक खेती सम्बन्धी एक दिवसीय गोष्ठी



दीपा महत, कपिलवस्तु ।
अखिल नेपाल किसान महासंघको आयोजनामा अर्गानिक खेती सम्बन्धी एक दिवसीय गोष्ठी शुक्रबार सम्पन्न भएको छ । रासायनिक मललाई विस्थापन र अर्गानिक मललाई प्रोत्साहन गर्ने उद्देश्य सहित जितपुरमा सो गोष्ठी आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले कपिलवस्तुलाई विषादी रहित जिल्ला बनाउनुपर्ने बताउनुभयो । उहाँले जिल्लालाई अर्गानिक जिल्ला बनाउने गरी लाग्न अखिल नेपाल किसान महासंघलाई आग्रह गर्नुभयो । त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नारायण गौतम, प्रदिप विष्ट, कमलेस गुप्ता र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना जोनका मुकुन्द भुषालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्राङ्गारिक कृषि गर्ने तरिका, नेपालमा प्राङगारिक वस्तुहरुको उत्पादन अवस्था स्वस्थ खाध्यवस्तु उत्पादनका लागी प्राङगारिक माटोको आवश्यक्ता लगाएतको बारेमा कृषकहरुलाई जानकारी गराईएको थियो । गोष्ठी पछि सहभागी कृषकले अब आफुले अर्गानिक खेती गर्ने बताएका छन् ।
कार्यक्रम अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष ताराजन घिमिरेको अध्यक्षता र सचिव कृष्ण गौतमको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा ५० बढी कृषकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७५ शनिबार ००:००  ११ : २० बजे