८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मकैमा डाँठ कुहिने रोग लागे पछि किसान चिन्तित



दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ । डाँठ कुहिने रोगका कारण त्यहाँका किसानले लगाएको मकैबाली नष्ट भएको छ । सो क्षेत्रको पाँच बिघामा लगाइएको मकैमा डाँठ कुहिने रोग देखा परेको स्थानीयवासी कर्णबहादुर वलीले बताउनुभयो । भखरै फल्न थालेको मकै डाँठ कुहिने रोगले सखाप भएपछि किसान चिन्तित भएका छन् ।
किसानले तुलसीपुरका विभिन्न एग्रोभेटबाट कञ्चन र राजकुमार जातका मकैको बीउ लगाएका थिए । स्थानीयवासी प्रवीन केसी, टेकबहादुर वली, शेरबहादुर वलीलगायतले साढे चार बिघा र कर्णबहादुर वलीको एक बिघाको मकैबाली नष्ट भएको छ । रोग लागेपछि मकैको डाँठ कालो हुने र कुहिँदै जान थाल्छ ।
तुलसीपुर कृषि शाखामा किसानले गुनासो गर्दैआएका छन् । समयमै माटो परीक्षण गरेर मकै लगाउँदा रोगबाट बच्न सकिने शाखा प्रमुख तिलक केसीले बताउनुभयो ।

प्रकाशित मिति : २८ श्रावण २०७५ सोमबार ००:००  १ : ५६ बजे