दाङ ।
दाङमा दैनिक करिव साढे दुई लाख वटा अण्डा उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय दाङका अनुसार जिल्लाका देउखुरी र दाङ उपत्यकाका विभिन्न स्थानमा दैनिक दुई लाख ३४ हजार र मासिक ७० लाख ३८ हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ ।
जिल्लामा ६४ भन्दा बढी कुखुरा फर्मबाट दैनिक उक्त अण्डा उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । अण्डा उत्पादनका लागि व्यवसायीहरूले लेयर्स जातका कुखुराहरू पाल्ने गरेका छन ्। कुखुराको माउलाई हुर्काएपछि लामो समयसम्म अण्डा उत्पादन गर्ने भएकाले पनि अण्डा उत्पादनमा व्यवसायीहरूको आकर्षण बढेको छ ।
२३ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया