माधव बेल्वासे, चन्द्रौटा ।
कपिलवस्तुका उखु किसानहरुले सरकारले दिने अनुदान अहिले सम्म पाउँन सकेका छैनन । आव ०७१।७२ मा सरकारले प्रतिक्वीन्टल २५ रुपैयाको दरले दिने भनेपनि अहिलेसम्म अनुदान नपाउँदा किसानहरु चिन्तित भएका छन ।
कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन । उखु कृषक ओम प्रकाश चौधरी अन्य जिल्लाका किसानहरुले सरकारी अनुदानको रकम पाएपनि कपिलवस्तु किसानले नपाउनुको कारण सोेधेका छन । करिव ४ वर्ष भन्दा पहिले दिने भनेको रकम अहिले सम्म किन पाउन सकिएन ? किसानहरुलाई आस देखाएर नदिनु गलत भएको भन्दै सरकारले किसानहरुलाई तुरुन्त सो अनुदानमा रहेको रकम दिन आग्रह गरे ।
कपिलवस्तुमा मात्र करिव ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको भएपनि सम्पुर्ण पकृयाहरु पुरा गरेपनि पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले वताए ।
पटक पटक सरकारको ध्यानाकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो रहेको छ । सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा लगायतका कारण देखाउदै सो रकम नदिएको चौधरीले वताए । कपिलवस्तु किसान संघको वैठकवसि आन्दोलनका कायर्कक्रमहरु घोषणा गरेको छ । साउन २० गते आइतवार अन्दोलन कै कार्यक्रम अन्तरर्गत इलाका प्रशासन कार्यलय मार्फत सम्वन्धि मन्त्रालयलाई ज्ञापनपत्र वुझाएको छ ।
साउन २५ गते सम्म कुनै सुनुवाई नभएमा आन्दोलनको विकल्प नरहेको अध्यक्ष चौधरीले वताए । साउन २७ गते दिउसो १२ वजे देखी १ वजे सम्म ईलाका प्रशासन कार्यलय चन्द्रौटामा शान्ति पुर्ण धर्ना प्रर्दशन गर्ने, साउन २९ गते देखी अनिश्चित कालको लागी कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी सहितको टोली अनशन बस्ने निर्णय भएको कपिलवस्तु किसान संघले जनाएको छ ।
आइतवार ज्ञापन पत्र वुझ्दै इलाका प्रशासन चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालले सम्वन्धित मन्त्रालयलाई सो ज्ञापन पत्र पुर्याउने आश्वासन दिए । अधिकृत अर्यालले आन्दोलनका कार्यक्रमलाई शान्तिपुर्ण रुपमा गर्न कपिलवस्तु किसान संघका पदाधिकारीहरुलाई आग्रह गरे ।
२१ श्रावण २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया