८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गाउँमै बंगुरपालेर मनग्य आम्दानी



सरिता थारु, वाणगंगा ।
रोजगारीको खोजीमा धेरै युवा विदेश गइरहेका बेला कपिलबस्तुकी एक महिला भने गाउँमै पशुपालन गरेर मनग्य आम्दानी लिन सफल हुनुभएको छ । बाणगंगा नगरपालिका ३ गजेहडाकी मिना चौधरीले गाउँमै पशुपालन गरेर मनग्य आम्दानी लिन सफल हुनुभएको हो । चौधरीले बंगुरपालन व्यवसाय सञ्चालन गर्नुभएको छ । यसबाट राम्रो आम्दानी भैरहेको उहाँ बताउनुहुन्छ । ३० वर्ष अघि सुरु गर्नुभएको व्यवसायिक बंगुरपालन आम्दानीको श्रोत मात्र बनेको छैन् अरुका लागि सिक्ने ठाउँ पनि बनेको छ । उहाँ अहिले यो व्यवसायबाट मासिक रु२ लाख भन्दा धेरै आम्दानी गर्न सफल हुनु भएको छ । बच्चा विक्री र मासु विक्रीबाट सजिलै २ लाख भन्दा धेरै आम्दानी लिईरहेको उहाँले बताउनुभयो ।
यो व्यवसाय ५० हजारको लागानीबाट सुरु गरे पनि ५ वर्ष सम्म भने उहाँको खोर रित्तो थियो । त्यस पछि उहाँले ३० हजार गरिवी निवारण कोषबाट ऋण लगानी गर्नु भयो र ५ वटा बंगुरको बच्चा किन्नु भयो । अहिले उहाँको खोरमा ठुला ७ वटा बंगुर छन्, भने १७ वटा साना बच्चा छन् ।
श्रीमानको मात्रै भरमा घर व्यवहार चलाउन समस्या भएपछि आफैले केही गर्नु पर्छ भनेर उहाले यो पेशा अंगाल्नुभएको हो । आफुले आम्दानी गरेको पैसा उहाँले उल्टै श्रीमानलाई दिन पाउँदा खुसी लागेको बताउँनुहुन्छ । खुसी अनुहार गराउँदै भन्नुभयो, “अहिले मैले श्रीमान संग एक रुपैया पनि माग्दैन, उल्टै श्रीमानले म संगै माग्नु हुन्छ, आफ्नो कमाई श्रीमानलाई दिन पाउँदा खुसी लाग्छ ।”
आफुले केही व्यवसाय गरे श्रीमानको भर पर्न नपर्ने र आफै संग पैसा हुने भएपछि घर व्यवहार चलाउन सजिलो हुने भएपछि उहाले बंगुर पालन व्यवसाय सुरु गर्नुभयो । यस व्यवसायबाट आर्जन भएको पैसाले ऋणको किस्ता तिर्नुको साथ साथै विभिन्न सहकारी र समुहमा बचत पनि गर्न सकिने सुनाउनुभयो । घरमा मात्रै सिमित हुनभएका महिला दिदी बहिनीलाई बहिर निस्किन र आफुलाई सहज हुने व्यवसाय गर्न उहाले सल्लाह समेत दिनु हुन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७५ सोमबार ००:००  ५ : ३७ बजे