८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

जहरे–जंग्रहवा जोड्ने कल्भर्ट जीर्ण



सन्तोषकुमार गुप्ता, दाङ ।

देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ जहरे र राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा जोड्ने सडकमा रहेको कल्भर्ट अहिल जिर्ण अबस्थामा रहेको छ ।

लमहीबाट गढवा, राजपुरको हुलाकी सडक हुँदै गाडीमा राजपुर गाउँपालिका आवतजावत भएपनि अहिले सम्म धेरै जसो राप्ती पारिको राजपुर गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ का केही वडाबासीहरु हिडेर ,मोटर साइकल, साइकलबाट लमही बजार लगायत अन्य ठाँउमा आउने जाने गरेका छन् । तर सम्बन्धीत निकायले अझै सम्म यस कल्भर्ट मर्मतमा ध्यान दिएको छैन यसरी दैनिक यात्रा गर्ने यात्रुहरु हिडिरहने क्रम मा कहिले दुर्घटनामा पर्ने हो थाहा छैन वडा नम्बर ३ का वडाबासी मोहन जिसीले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७५ शुक्रबार ००:००  १२ : ५८ बजे