सन्तोषकुमार गुप्ता, देउखुरी ।
गाउँ—गाउँमा यत्रतत्र छरिएर रहेका खानेपानीका पाइपहरु संकलन भैरहेका छन् । गढवा गाउँपालिका वडा नं. ६ को कार्यालयसंग समन्वय गरेर कार्यालय प्रङ्गणमा पाइपहरु चाँदेर राख्न थालिएको छ । दुई दिन लगाएर १५ ट्राली पाईप संकलन गरियो । जस अनुसार २ सय एम.एम.का २ सय ४८ थान, २५ एमएम्को २ सय मिटर, ६३ एमएम्को ८ सय ९७ मिटर र ७५ एमएम्को ५९ थान तथा ५० एमएम्को १ सय ३८ मिटर पाईप संकलन गरि वडा कार्यालयमा ब्यवस्थापन गरिएको अध्यक्ष लेखराज थापाले जानकारी दिए । खानेपानी संस्थाको विधान जिल्ला समन्वय समितिमा भेटिएको र त्यसको प्रतिलिपि ल्याईएको तथा हालसम्मको नविकरण समेत गरीएको उनले बताए ।
यता गढवा बजारमा कार्यालय ब्यवस्थापन गरी सबै उपभोक्ताहरुको अभिलेख दुरुस्त पार्ने, टैंकी वरिपरिको तारवारलाई तुरुन्त मर्मत गर्ने र लेखा परिक्षण गर्ने गराउने समेत निर्णय भएको संस्थाले जनाएको छ । मोटर जलेर खानेपानी ब्यवस्थित हुन सकेको थिएन, १५ हर्षपावरको मोटर सहित केहि दिनभित्रै प्यानल बोर्ड समेत जडान हुँदै छ, त्यसछि सबैका धाराहरुमा नियमित पानी आउने छ, सबैलाई टुक्क भएर बस्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।
लामो समय सम्म अब्यवस्थित र अस्तब्यस्त अवस्थामा रहेको गढवा खानेपानी संस्थालाई ब्यवस्थित गर्न थालिएको छ । पाँच बर्षसम्म साधारणसभा र लेखापरिक्षण समेत नगराएर अन्यौलताको अवस्थामा रहेको गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको गतिविधीलाई नयाँ कार्यसमितिको चयन भए पश्चात् ब्यवस्थित गर्न थालिएको अध्यक्ष लेखबहादुर थापाले बताए । गढवा खानेपानीको हालै सम्पन्न भएको बिषेश भेलाले नयाँ कार्यसमितिको चयन गरेपछि संस्थाका सबै गतिविधी, जिन्सी, आर्थीक करोवार र दस्तावेजहरुलाई ब्यवस्थित गर्न थालिएको हो । २०६६ सालमा स्थापना भएको यस संस्थाले २०६९ सालमा साधारणसभा गरेको थियो ।
सो समयपछि हालसम्म उक्त संस्थाले न त बार्षिक साधारण सभा राख्यो न आर्थिक हिसाब किताबको अडिट र सार्वजनिक सुनुवाई नै गरायो । स्थानीय राजनितीक दल तथा उपभोक्ताहरुबाट सर्बत्र विरोध आएपछि गत असारको तेश्रो साता स्थानीय अगुवाहरु उमाकान्त पन्त, मोहन बुढा र कपिलदेव खनाल रहेको ३ सदस्यीय आन्तरिक लेखा छानविन समिति गठन गरेपछि बिशेष भेलाको आयोजना गरि यहि साउन १२ गतेका दिन नयाँ कार्यसमिति बनाइएको हो ।
आज भन्दा ९ बर्ष अगाडी स्थापना भएको यो संस्थाले पुराना दस्तावेजहरुको खोजी गर्न थालेको छ । २०६९ सालमा भएको साधारण सभामा संस्थापक अध्यक्ष मोहन कुमार पाण्डेयले हस्तान्तरण गरेको लेखा परिक्षण प्रतिवेदन, निर्णय अभिलेख र बरबुझारथ भएका जिन्सी तथा नगदका सबै विवरणहरु गायब पारिएको थियो । यस्तो अवस्थामा हाल चुनिएको सर्वसम्मत नेतृत्वले सबै चिजहरु खोजी गर्न थालेको हो ।
हालसम्म कुल २ सय ६९ घरमा धारा जडान गरिएको र त्यसको यथार्थ आम्दानी खर्चको अभिलेख समेत अस्तब्यस्त रहेको आन्तरिक लेखा छानविन समिति को प्रतिवेदन अनुसार सबै जिन्सी सामाग्रीहरु कलेक्सन गर्न थालेको हो । अघिल्लो कार्यसमितिको पालामा विद्युत कार्यालयमा तिर्न बाँकी रहेको बक्यौता रकम पनि तत्काल संकलन गरेर छिटो भन्दा छिटो भुक्तानी गर्ने योजना बनाएका छौं,–अध्यक्ष लेखबहादुर थापाले भने ।
संस्थामा उपभोक्ताहरुको अभिलेख समेत दुरुस्त नभएको हुँदा सबै उपभोक्ताहरुको अभिलेख राखी दुरुस्त गर्ने, धाराहरु विस्तार गर्ने, खानेपानी टैंकीको वरीपरि तारवार मर्मत गर्ने र धारा जडान गरेका सबै उपभोक्ताहरुको धारामा नियमित पानी आउने कार्यको जोडतोडले ब्यवस्थापन गर्दै छौं, अध्यक्ष थापाले बताएका छन् ।
प्रतिक्रिया