काठमाडौँ ।
स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारीमा रहेकी पद्मा अर्याललाई सरकारले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बनाएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री भएपछि त्यही मन्त्रालयमा राज्य मन्त्री रहेकी उनलाई सरकारले बढुवा गर्दै गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएको हो ।
आजै कानुन मन्त्रीमा नियुक्त भएका भानुभक्त ढकाल र अर्याललाई अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्य राज्यमन्त्री हुँदा अर्यालले वीर अस्पतालसहितका सरकारी अस्पताल सफाइ अभियान थालेकी थिइन् । यता प्रधानमन्त्री ओलीले शुक्रबार नै महोत्तरी ४ का फोरम नेता सुरेन्द्र यादवलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
१८ श्रावण २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया