८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सांसद धम्की प्रकरणः अनुसन्धान गर्न एसपीको नेतृत्वमा समिति गठन



काठमाडौं ।
संसदीय सुनुवाई विशेष समितिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् निरुदेवी पाललाई बानेश्वरमा अज्ञात व्यक्तिले दिएको धम्कीको विषयमा अनुसन्धान विशेष समिति गठन भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा अनुसन्धान समिति बनेको हो । समितिमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य छन् ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार सांसदमाथि भएको घटनालाई सुक्ष्म रुपले अनुसन्धान र छानबिन गर्न समिति बनाइएको हो । यसअघि प्रहरीले घटनाको अनुसन्धानको क्रममा ७५ जनालाई नियन्त्रणमा लिएको थियो । हाल प्रारम्भिक अनुसन्धानपछि स्क्रीनिङ गरेर उनीहरुमध्ये १६ जनामाथि छानबिन भइरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७५ शुक्रबार ००:००  १० : ३३ बजे